अनेरास्ववियुको महाधिवेशन-९ सदस्यीय अध्यक्ष मण्डलको घोषणा – Nepal Press

अनेरास्ववियुको महाधिवेशन-९ सदस्यीय अध्यक्ष मण्डलको घोषणा

काठमाडौं । अनेरास्ववियुको २३ औं महाधिवेशन सञ्चालनका लागि जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको संयोजकत्वमा ९ सदस्यीय अध्यक्ष मण्डल घोषणा भएको छ ।

उद्घाटनसत्रपछि सुरू भएको बन्दसत्रमा निवर्तमान अध्यक्ष सुनिता बरालले आफ्नो कमिटी भंग भएको घोषणा गर्दै अध्यक्ष मण्डलको नाम प्रस्ताव गरेकी हुन् । अध्यक्ष मण्डलमा अनेरास्ववियुका पूर्वइन्चार्जहरू खिमलाल भट्टराई र विनोदढकाल समेत छन् ।

त्यस्तै संयन्त्रकी उपप्रमुख रचना खड्का, अनेरास्ववियुका इन्चार्ज माधव ढुंगेलसहित पूर्वअध्यक्षहरू किशोरविक्रम मल्ल, नविना लामा, ऐन महर र सुनिता बराल अध्यक्ष मण्डलमा रहेका छन् ।

अध्यक्ष मण्डलले महाधिवेशनका बाँकी कामको नेतृत्व गर्नेछ भने उसले एमालेको निर्वाचन आयोगलाई निर्वाचन प्रक्रियाको लागि सघाउनेछ । भोलि उम्मेदवारी मनोनयन गरेर विहीबार निर्वाचनको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर