मधेस प्रदेशमा विश्वासको मत दिएको लोसपाको प्रतिपक्षी बस्ने घोषणा – Nepal Press

मधेस प्रदेशमा विश्वासको मत दिएको लोसपाको प्रतिपक्षी बस्ने घोषणा

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मत दिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रतिपक्षमा बस्ने भएको छ ।

२८ दिनपछि आज बसेको प्रदेशसभा बैठकमा लोसपा सांसद अभिराम शर्माले प्रतिपक्षीको भुमिकामा रहने घोषणा गरेका हुन् । उनले सरकारको कामप्रति असन्तुष्टि जनाउदै भोलिको बैठकमा प्रतिपक्षमा बस्ने भन्दै कुर्सी व्यबस्थापन गरिदिन सभामुखलाई आग्रह गरे ।

लोसपा संसदीय दलका नेतासमेत रहेका शर्मामे भने, ‘मुख्यमन्त्री यादवले सरकारको गति बुलेट ट्रेनको जस्तो हुने भन्नुभएको थियो । तर उहांको गति जनकपुर-जलेश्वर बसको जस्तो पनि लागेन ।’

उनले आफू राज्यमन्त्री रहेको समयमा चढेको गाडी अहिले सप्तरीमा कोही व्यक्ति चढिरहेको बताए । उनले प्रश्न गरे, ’सरकारी गाडी कसरी व्यक्ति चढिरहेका छन् । त्यतातीर ध्यान दिने कि नदिने ?’

सांसद शर्माले कृषि विश्वविद्यालमा व्यापक अनियमितता भएको समाचारहरु बाहिर आएकाले छानबिन गर्न संसदीय गठन गर्न माग समेत गरे । यदि मुख्यमन्त्रीज्यूले भ्रष्टाचार न्यूनिकरण वा अन्त्य गर्न चाहेको हो भने आबिलम्ब छानबिन अगाडी बढाओस् ।’

यस्तै, नेपाली कांग्रेसका सांसद जंगीलाल रायले पनि संसदमा प्रतिपक्ष नरहेको भनेर नसोच्न आग्रह गरे । उनले भने, ‘एउटा परिस्थिति र मुख्यमन्त्रीको आग्रहलाई मानेर हामी विश्वासको मत दियौं । तर हामी प्रतिपक्षी छौं ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर