कुशलको उत्कृष्ट शतकमा नामिबियाविरुद्ध नेपालको कीर्तिमानी जित – Nepal Press

कुशलको उत्कृष्ट शतकमा नामिबियाविरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशी एकदिवसीय श्रंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पुरा गर्दै २८७ रन बनायो । जुन एकदिवसीय क्रिकेटमा हालसम्म नेपालले चेज गरेको र बनाएको सबैभन्दा ठूलो स्कोर हो ।

यसअघि, त्रिवि क्रिकेट मैदानमा पीएन्जी विरुद्ध त्रिवि मैदानमै नेपालले २८६ रन बनाएको थियो ।

नामिबियाविरुद्ध नेपालको जितमा ओपनर कुशल भुर्तेलले ११३ बल खेल्दै १० चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ११५ रनको शतकिय इनिङ इनिङ खेले ।

उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग कीर्तिमानी १३३ रनको साझेदारि गरेका थिए ।

जुन एकदिवसीय क्रिकेटमा नेपालले गरेको ठूलो साझेदारि हो । यस्तै, उनले पाँचौ विकेटका लागि सन्दीप जोरा सँग ४९ रनको साझेदारी गरे ।

रोहित पौडेलले ७६ बलमा ७ चौका र तीन छक्काको मद्दतमा ७२ रन योगदान गरे । आसिफ शेख ५ बल खेल्दै शून्यमा आउट हुँद ज्ञानेन्द्र मल्ल २५ रन र सन्दीप जोरा २८ रन बनाएर पभेलियन फर्किएका थिए । करण केसी २० रन र सोमपाल कामी ४ रनमा अविजित रहे ।

नामिबियाका रुबेन ट्रपेलम्यान र जान निकोल लोफ्टी- इटोनले समान तीन विकेट लिए भने बर्नाद स्कोल्ज र तानगेनी लुङ्गामेनीले एक-एक विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङ थालेको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रनको योगफल तयार पारेको थियो ।

तस्बिरहरु : उमेश कार्की 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर