माघमा पनि हासिल भएन आन्तरिक राजस्वको लक्ष्य – Nepal Press

माघमा पनि हासिल भएन आन्तरिक राजस्वको लक्ष्य

काठमाडौं । आन्तरिक राजस्व विभागले यो पटक पनि लक्ष्य अनुसारको राजस्व उठाउन सकेको छैन । विभागले माघमा ३१ अर्ब ५ करोड रुपैयाँमात्रै संकलन गरेको छ ।

विभागले माघमा ३९ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत वर्ष माघमा ३१ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । साउनदेखि माघसम्म ३ खर्ब २० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएपनि २ खर्ब ५२ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।

जबकी गत वर्ष माघ मसान्तसम्ममा विभागले २ खर्ब ५६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको शुरुबाटै (साउनदेखि) विभागले लक्ष्यभन्दा कम राजस्व संकलन गरिरहेको छ ।

सरकारले चालु आर्थिक वर्ष कुनैपनि राजस्व लक्ष्य अनुसार उठाउँन सकेको छैन । अर्थमन्त्री विष्णु पौडेलले नै राजस्व संकलनमा २०२४/२५ साल यता कमजोर अवस्थामा रहेको बताउँदै आएका छन् । राजस्व संकलन प्रभावकारी नहुँदा सरकारलाई अनिवार्य दायित्व समेत धान्न सकस परिहरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *