हुण्डाईको विद्युतीय गाडीमा नयाँ अफर – Nepal Press

हुण्डाईको विद्युतीय गाडीमा नयाँ अफर

काठमाडौं । नेपालको लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टलले आफ्नो विद्युतीय गाडीको खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ ।

‘वान मोर रिजन टु गो इलेक्ट्रिक’ नारासहितको यो योजनाअन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतीय गाडी ‘कोना’ तथा ‘आयाेनिक ५’ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड ‘बोस्च’ को वाशिङ मेशिन उपहार प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टलले आक्रामक रूपमा चार्जिङ स्टेसनहरु निर्माण गरिरहेको जनाएको छ ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरसहित ४० वटा चार्जिङ स्टेशनमार्फत नेपालभरि सबै हुन्डाई गाडीको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *