ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान बने रोहित – Nepal Press

ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान बने रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन् ।

आज नामिबियाविरुद्धको खेलमा उत्कृष्ट अर्धसतक प्रहार गर्दै उनले सो रेकर्ड बनाएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय श्रृंखलामा नामिबिया विरुद्ध अर्धसतक बनाएका रोहितले २५.५ ओभरमा चौका प्रहार गर्दै उनले एक हजार रन पूरा गरेका हुन् ।

एकदिवसीय क्रिकेटमा दोस्रो धेरै रन ज्ञानेन्द्र मल्लको नाममा छ । उनले ७ सय ३४ रन बनाएका छन् । भने, आसिफ शेख ६ सय ५५ रनसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर