आज दिनभर ट्याक्सीमाण्डु फ्रि मै चढ्न पाइने – Nepal Press

आज दिनभर ट्याक्सीमाण्डु फ्रि मै चढ्न पाइने

काठमाडौं । यातायात व्यवसायी र मजदुरले विभिन्न माग राख्दै गरेको आन्दोलन र आजको यातायात बन्दलाई समर्थन गर्दै राइड सेयरिङ एप ट्याक्सीमाण्डुले यात्रुहरुको असुविधालाई ध्यानमा राख्दै बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि निशुल्क सेवा सञ्चालनमा ल्याएको छ ।

आज सार्वजनिक यातायात बन्दका कारण आफ्नो गन्तब्यमा पुग्ने यात्रुहरुले ट्याक्सीमाण्डु एपमार्फत निशुल्क सेवा लिन सक्नेछन् ।

यातायात व्यवसायी र मजदुरका कतिपय माग जायज भएपनि अत्यावश्यक सेवाको रुपमा रहेको यातायात बन्द गरिदाँ सर्वसाधारणमाथि पर्ने असरलाई मध्यनजर गर्दै निशुल्क सेवा सुचारु गरिएको ट्याक्सीमाण्डुका सिइओ अर्जुन केसीले बताए ।

निशुल्क सेवा प्रयोग गर्न नेपाल राइड प्रोमो कोड प्रयोग गर्नु पर्ने पनि केसीले जानकारी दिए । ट्याक्सीमाण्डु सम्पुर्णरुपमा स्वदेशी लगानीमा सञ्चालित राइड सेयरिङ एप भएकाले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर यात्रुका सुविधाका लागि सार्वजनिक यातायात नभएको अवस्थामा आज एक दिन निशूल्क गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *