प्रेम दिवसको अवसर पारेर ‘हुक्का’को फस्टलुक सार्वजनिक – Nepal Press

प्रेम दिवसको अवसर पारेर ‘हुक्का’को फस्टलुक सार्वजनिक

काठमाडौं । आगामी चैत ३ गते रिलिज हुने फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’ले मङ्गलबार भ्यालेन्टाइन डे (प्रेम दिवस)को अवसर पारेर फस्टलुक सार्वजनिक गरेको छ ।

फस्टलुकमा फिल्मका प्रमुख कलाकार प्रमिला खनाल र तेज गिरीलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ । फिल्ममा प्रमिला र तेजबाहेक प्रकाश घिमिरे, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक र सन्तोषकुमार आत्रेयको पनि अभिनय रहेको छ ।

चलचित्रमा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।

सागर गोदार क्षेत्री र सुयोग आत्रेयको सहायक निर्देशन रहेको चलचित्रलाई शम्भु थापाले निर्देशन गरेका हुन । पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता तथा रेश्मा प्रधान सहनिर्माता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *