दाेस्राे बलमै विकेट लिएपछि सन्दीपकाे आँखामा आँसु – Nepal Press

दाेस्राे बलमै विकेट लिएपछि सन्दीपकाे आँखामा आँसु

काठमाडौं। विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध अहिले भइरहेको खेलमा सन्दिप लामिछानेले दोस्रो बलमै विकेट लिएका छन्।

११ औँ ओभरमा बलिङमा आएका सन्दीपले दोस्रो बलमै कार्ल बिर्केन्स्टकलाई बोल्ड आउट गरे। त्यसअघि नामिबियाले १० ओभरमा एक विकेट गुमाएर ४४ रन बनाएको थियो।

सन्दीपले पहिलो ओभरमा ३ रन खर्चिएका थिए।

सन्दीप पहिलो विकेट लिएपछि भावुक बनेका थिए ।

विकेट लिएपछि उनले आँखामा आँसु पुच्दै सेलिब्रेसन गरेका थिए ।

भावुक बनेका सन्दीपलाई टीमका अन्य खेलाडीहरुले हौसला दिएका थिए ।

लामिछानेले करिब ६ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका हुन् ।

बलात्कार आरोपमा गत असोज २० गते विदेशबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका सन्दीपलाई पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो।

नेपाल क्रिकेट संघ–क्यानले धरौटीमा छुटेपछि निलम्बन फुकुवा गर्दै सन्दीपलाई राष्ट्रिय टोलीमा बोलाएको हो।

सन्दीप सन् २०१६ देखि नेपालको सिनियर राष्ट्रिय टोलीबाट खेलिरहेका छन्। उनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३० खेलका २९ पाली खेल्दै ६९ विकेट लिएका छन्। उनी सबैभन्दा बढी एकदिवशीय अन्तर्राष्ट्रिय विकेट लिने नेपाली बलर हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *