सुख्खा बन्दरगाह निर्माणको काम तीन वर्षमै सक्ने प्रधानमन्त्री प्रचण्डको दाबी – Nepal Press

सुख्खा बन्दरगाह निर्माणको काम तीन वर्षमै सक्ने प्रधानमन्त्री प्रचण्डको दाबी

कैलाली । कञ्चनपुरमा निर्माण गर्ने भनिएको सुख्खा बन्दरगाह आगामी तीन वर्षभित्रै निर्माण सम्पन्न हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गरेका छन् ।

प्रधानमन्त्री भएपछि पहिले पटक सुदूरपश्चिम पुगेका प्रचण्डले बन्दरगाह निर्माण स्थलमा पुगेर आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सुख्खा बन्दरगाह बनाउने प्रक्रिया आफैले सुरु गरेको र सरकारले यसलाई प्राथमिकतामा राखेको दाहालको भनाइ थियो । उनले यसको निर्माण पछि सिङ्गो देशकै विकासमा योगदान पुग्ने बताए । यस क्रममा प्रधानमन्त्रीले महाकाली नदीमा निर्माणाधीन पक्की पुलका बारेमा पनि जानकारी लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर