विद्युतीय व्यावसायी महासंघमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा देवकोटा – Nepal Press

विद्युतीय व्यावसायी महासंघमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा देवकोटा

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघमा नयाँ कार्यसमिति निर्वाचित भएका छन् । विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघको तेह्रौं वार्षिक साधारण सभा एवं पाँचौं महाधिवेशनबाट रेशम प्रसाद देवकोटाको अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रेम बहादुर जिसी प्रथम उपाध्यक्ष, कोमल पोखरेल द्धितिय उपाध्यक्ष (एसोसियट), लेखनाथ सापकोटा तृतिय उपाध्यक्ष, गोपाल अग्रवाल महासचिव, प्रकाश चन्द्र पाण्डे कोषाध्यक्ष, बिनोद लुईटेल सचिव, महेन्द्र कुमार श्रेष्ठ सह–कोषाध्यक्ष निर्वाचित भएका छन् ।

शंकर प्रसाद पोख्रेल, केशव ढकाल, राजेश गौतम, शिवराज रिजाल र चन्द्रकान्त जैसी शर्माखुल्ला सदस्य निर्वाचित भएका छन् । त्यस्तै, प्रदेश सदस्यमा प्रदेश १ बाट चन्द्रमणि देवकोटा, मधेर प्रदेशबाट मनोज कुमार अग्रवाल, बागमती प्रदेशबाट सरोज कुमार रेग्मी, गण्डकी प्रदेशबाट राजु भण्डारी, लुम्बिनी प्रदेशबाट लोकनाथ पोखरेल, सुदुरपश्चिम प्रदेशबाट विष्णुराज भट्ट प्रदेश सदस्यमा निर्वाचित भएका छन् ।

पुरुषोत्तम अधिकारी र बालकृष्ण अग्रवाल एसोसियट् सदस्यमा निर्वाचित भएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर