माधव नेपालसहितका नेताहरूको उपस्थितिमा धनगढीमा नेकपा एसको प्रशिक्षण सुरु – Nepal Press

माधव नेपालसहितका नेताहरूको उपस्थितिमा धनगढीमा नेकपा एसको प्रशिक्षण सुरु

कैलाली । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) सुदूरपश्चिमको प्रदेशस्तरीय प्रशिक्षण सुरु भएको छ । पार्टीको नीति तथा कार्यक्रममार्फत कार्यकर्तालाई जागरूक पार्न ३ दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरीएको पार्टीका प्रदेश इन्चार्ज गरीमा शाहले जानकारी दिइन् ।

पार्टीका अध्यक्ष माधव नेपाल,उपाध्यक्ष प्रमेश हमाल, स्कुल विभागका सचिव अषेश घिमिरे, स्थायी कमिटी सदस्यहरूले प्रशिक्षण गराउने छन् ।

सोमबारदेखि सुरु भएको प्रशिक्षण फागुन २ गतेसम्म चल्नेछ । प्रदेश ९ जिल्लाहरुबाट ६० जना सहभागी छन् ।
प्रशिक्षण पछि अभियानकै रुपमा जिल्ला, स्थानीय कमिटीहरूमा प्रशिक्षण गराउने तयारी रहेको सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए ।

प्रदेश पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आथित्यतामा सुरु भएको कार्यक्रमको अध्यक्षता प्रदेश कार्यवाहक अध्यक्ष शेर बहादुर कुँवरले गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर