‘जनयुद्ध दिवस’ मा सरकारले दियो सार्वजनिक बिदा – Nepal Press

‘जनयुद्ध दिवस’ मा सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । सरकारले ‘जनयुद्ध दिवस’ को अवसर पारेर भोलि फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि वागमती र कर्णाली प्रदेश तथा नेकपा माओवादीले नेतृत्व गरेका स्थानीय तहहरुमा सार्वजनिक विदा दिने निर्णय गरिसकेका छन् ।

तत्कालीन माओवादीले २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।

यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक विदा दिएको थियो ।

प्रतिक्रिया

2 thoughts on “‘जनयुद्ध दिवस’ मा सरकारले दियो सार्वजनिक बिदा

  1. विदा बढी भएपनि भन्ने अनि मान्छे मार्न शुरू गरेको दिन पनि विदा दिने । प्रचण्डको भनाइ र गराईमा हेर फरक ।

  2. समाचारः ‘जनयुद्ध दिवस’ मा सरकारले दियो सार्वजनिक बिदा
    केही दिन अघि प्रम प्रचण्ड सार्वजनिक विदा धेरै भयो यसमा पुनरावलोकन आवश्यक छ। हो रहेछ, पुनरावलोकन भएछ अनि जनयुद्ध उर्फ धनयुद्ध दिवसको उपलक्ष्यमा सार्वजनिक विदा घोषणा गरेछन्।
    यस्ता निर्णयले बदनाम होइन्छ भन्ने ज्ञान किन आउँदैन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर