साताको पहिलो दिन नेप्से ६० अंकले घट्यो – Nepal Press

साताको पहिलो दिन नेप्से ६० अंकले घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ६०.७७ अंकले घटेर २१२१.८६ बिन्दुमा बन्द भएको छ ।

आज ८१ लाख ३९ हजार ८ सय ४० कित्ता सेयरको किनबेच हुँदा बजारले ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८ सय १२ रुपैयाँ बराबरको कारोबार गरेको छ ।

कारोबारमा रहने उपसमूहतर्फ सबै उपसमूहको सेयर मूल्य घटेको छ ।

आजको कारोबारमा सर्वाधिक कमाउनेमा क्रमश खप्तड लघुवित्त वित्तीय संस्था, सम्लीङ हाइ्रोपावर, सयपत्रि हाइड्रोपावर र बाराहि हाइड्रोपावर कम्पनी रहेका छन् । त्यस्तै, सबैभन्दा गुमाउनेमा क्रमश नगदि ग्रुप पावर, हिमालयान पावर पार्टनस, खानिखोला हाइड्रोपावर, ग्रिन लाइफ हाइ्ड्रोपावर र बरुण हाइड्रोपावर रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *