धनगढी पुगेका माधव नेपालले भने- रेशमको रिहाइ आवश्यक छ – Nepal Press

धनगढी पुगेका माधव नेपालले भने- रेशमको रिहाइ आवश्यक छ

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन् ।

आइतबार समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले रेशमको रिइमा जोड दिएका हुन् ।

रेशम टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन् ।

‘उहाँ (रेशम) लाई रिहा गर्न आवश्यक छ,’ नेपालले भने, ‘रेशममात्र होइन हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरुका मुद्दा, हाम्रै पनि कतिपय मुद्दा मामला छन् । यस्ता राजनीतिक प्रकृतिका विषयवस्तु र मुद्दालाई छिटो टुंगो लगाउनु राम्रो हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर