संकटा वाइन एण्ड बेवरेजको ट्रेड पार्टनर मिट सम्पन्न – Nepal Press

संकटा वाइन एण्ड बेवरेजको ट्रेड पार्टनर मिट सम्पन्न

काठमाडौं । संकटा वाइन एण्ड बेवरेजको ट्रेड पार्टनर मिट कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल कार्कीले वाइन बन्ने प्रक्रिया, क्यानभासको ब्राण्डिङ र कम्पनीको स्लोगन ‘पेन्ट योर रोमान्स’ बारेमा जानकारी दिए ।

‘संसार भरी अंगुरबाट बनेको अल्कोहोविक बेभरेजलाई मात्र वाइन भन्ने मान्यता रहिआएको छ । क्यानभास वाइन नितान्त अंगुरबाट बन्ने गरेको छ,’ उनले भने ।

क्यानभास वाइन नेपालमै बनेको भए पनि विदेशी वाइनकै गुणस्तरको रहेको र विदेश निर्यात योग्य भएको कार्कीको दाबी छ ।

कम्पनीका बिक्री तथा मार्केटिङ प्रमुख आंशिक अधिकारीले कम्पनीले निकट भविष्यमा नै स्वदेशी वाइनलाई विदेश निर्यात गर्नेतर्फ अग्रसर भइरहेको बताए ।

क्यानभासले नेपालको वाइन उद्योगमध्ये ३० प्रतिशत हिस्सा ओगटेको अधिकारीको दाबी गरेको छ ।

सरकारीले बर्सेनि मदिराजन्य पदार्थमा उच्च कर लगाएकाले मदिरा व्यवसाय संकटमा पर्दै आइरहेकाले बताए मदिरा व्यवसायी महासघंका अध्यक्ष सोनाम शेर्पाले बताए ।

सन् २०१६ मा स्थापना भएको संकटा वाइन एण्ड बेवरेज हाल स्वदेशी प्रिमियम सेग्मेन्टमा बजारको अधिकतम हिस्सा ओगटेको छ ।

कम्पनीको फ्याक्ट्री काभ्रेपलाञ्चोक जिल्लाको नालामा अवस्थित छ, जसमा प्रत्यक्ष रूपमा डेढ सय भन्दा धेरै कर्मचारीले रोजगारी पाइरहेका छन् ।

कम्पनीले ४३ करोड रुपैयाँको लगानी रहेको छ । वाइनको स्वाद र गुणस्तरका कारण क्यानभासको दिन प्रतिदिन लोकप्रियता बढिरहेको कम्पनीको दाबी छ ।

कम्पनीले नेपाल भर ७५ वटा वितरक सञ्जाल बनाइसकेको छ । थप वितरकहरू बढाउने क्रममा छ। कम्पनीको उत्पादन क्षमता दैनिक १० हजार लिटर वाइन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *