एन्फाले पहिलो पटक फुटबल एक्स्पो गर्ने – Nepal Press

एन्फाले पहिलो पटक फुटबल एक्स्पो गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक फुटबल एक्स्पो आयोजना गर्ने भएको छ ।

आइतबार कार्यक्रम आयोजना गर्दै फागुन ४ र ५ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा एक्स्पो आयोजना हुने एन्फाले जानकारी गराएको हो ।

उक्त एक्स्पोको मुख्य उद्देश्य ए,बी र सी डिभिजन क्लबहरू, एन्फा र नेपालका विभिन्न कर्पोरेट हाउसहरूबीचको सम्बन्ध बिस्तार गर्नु हो ।

एक्सपोमा डिभिजा क्लबहरूले स्टल राखेर आ-आफ्नो क्लबसँग सम्बन्धित जर्सीहरू, आफूले जितेको ट्रफ र क्लबका बारेमा जानकारीहरू गराउन पाउनेछन् । यस्तै, विभिन्न कलाकारहरूको प्रस्तुति पनि रहनेछ भने, फुटबलसँग सम्बन्धित अन्तरक्रिया कार्यक्रम हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर