सन्दीप लामिछाने अभ्यासका क्रममा घाइते भएको हल्ला ‘निराधार’ – Nepal Press

सन्दीप लामिछाने अभ्यासका क्रममा घाइते भएको हल्ला ‘निराधार’

काठमाडौं । त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको पूर्व सन्ध्यामा नेपालका प्रमुख स्पिनर सन्दीप लामिछाने घाइते भएको अपुष्ट हल्ला चलिरहेको छ । थुप्रै फेसबुक पेजहरूले चोटका कारण सन्दीपले पहिलो म्याच नखेल्न सक्ने दाबी पनि गरेका छन् ।

तर, नेपाली टिमका फिजियो विक्रम न्यौपानेले भने यस्तो हल्ला निराधार भएको बताए । सन्दीपलाई कुनै चोट नलागेको र नियमित अभ्यास गरिरहेको उनको भनाइ छ ।

नेपाल प्रेससँग न्यौपानेले भने, ‘खोइ कसले गलत हल्ला चलाइरहेको हो, मलाई थाहा भएन । उनी सामान्य अवस्थामा छन् र मजाले प्राक्टिस गरिरहेका छन् ।’

नेपाल क्रिकेट संघ ९क्यान० का म्यानेजर विनोद दासले पनि सन्दीप घाइते भएकोबारे कुनै सूचना आफूहरूलाई नआएको बताए ।

‘त्यस्तो भएको भए त हामीलाई जानकारी गराइन्थ्यो होला, मलाई अहिलेसम्म सूचना छैन,’ उनले भने ।

स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल मङ्गलवार नामिबियाविरुद्ध खेल्दै छ । पूर्व कप्तान सन्दीपले राष्ट्रिय टिममा ३ महिनापछि टिममा कम ब्याक गरेका छन् । यसअघि उनलाई अनुशासन उल्लङ्घनको आरोपमा नेपाल क्रिकेट संघ ९क्यान० ले निलम्बन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *