रियल मड्रिडलाई पाँचौँ क्लब विश्वकपको उपाधि – Nepal Press

रियल मड्रिडलाई पाँचौँ क्लब विश्वकपको उपाधि

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले सर्वाधिक पाँच पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।

शनिवार राचि प्रिन्स अब्देल्लाह स्टेडियममा सम्पन्न फाइनलमा साउदी अरबको अल हिलाललाई ५-३ गोलको नतिजामा पराजित गर्दै रियल च्याम्पियन बनेको हो।

रियलको जितमा भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले २-२ गोल र करिम बेन्जिमाले एक गोल गरे ।

अल हिलालका लुसियानो भिट्टोले दुई गोल र मोउसा मरेगाले एक गोल गरे ।

यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा अल अहलीलाई ४-२ गोलको नचिजामा पराजित गर्दै ब्राजिलको फ्लामेन्गो तेस्रो भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर