राज्य संरचनामा नयाँ प्रविधिलाई बुझ्नसक्ने मान्छे हुनुपर्छ : डा‍. राउत (भिडिओ) – Nepal Press

राज्य संरचनामा नयाँ प्रविधिलाई बुझ्नसक्ने मान्छे हुनुपर्छ : डा‍. राउत (भिडिओ)

काठमाडाैं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राज्यको संरचनामा नयाँ नयाँ प्रविधिलाई बुझ्न सक्ने मान्छे हुनुपर्ने बताएका छन् ।

काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकन गर्दै अध्यक्ष राउतले राज्यका संरचनामा सूचना, प्रविधिका नयाँ-नयाँ कुराहरूलाई बुझ्न सक्ने मान्छे हुनुपर्ने बताएका हुन् ।

उनले राजनीतिक तहमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भएमा देशमा प्रविधिको बिस्तार गर्न सहज हुने बताए । उनले राज्यले कुनै पनि प्रकारका प्रविधिहरूको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रविधिको प्रयोग गर्दा राज्यले डाटा सर्भर कहाँ राख्ने ? सुरक्षा नीति के हुने ? लगायतको विषयमा विशेष रूपमा ध्यान पुर्‍याउनुपर्ने बताए ।

उनले प्रविधिहरूको प्रयोग गर्दै गर्दा त्यसको सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्ने बताए ।

उनले सूचना र प्रविधिको आजको युगमा किताबमा समेत भन्सार शुल्क लाग्ने
गरेको भन्दै दुर्भाग्यपूर्ण अवस्था भएको टिप्पणी गरे । विज्ञान, प्रविधिको प्रयोग तथा बिस्तारका लागि राजनीतिक स्तरमा पनि चेतना हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर