योगेशको दाबी- जुन सहमतिमा प्रचण्ड प्रधानमन्त्री बने, त्यसैको जगमा एमालेको राष्ट्रपति बन्छ (भिडिओ) – Nepal Press

योगेशको दाबी- जुन सहमतिमा प्रचण्ड प्रधानमन्त्री बने, त्यसैको जगमा एमालेको राष्ट्रपति बन्छ (भिडिओ)

प्रचण्डलाई योगेश भट्टराईको प्रश्न–अर्को राजनीतिक समीकरण बनाउन खोजेको हो ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पुस १० गतेको सहमति अनुसार केन्द्रदेखि प्रदेशसम्म सरकारहरू बनेको भन्दै राष्ट्रपति चुनावमा माओवादी त्यसबाट पछि हट्न नमिल्ने बताएका छन् ।

एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित सांसदसमेत रहेका भट्टराईले पुस १० को सहमति राष्ट्रपतिमा पदमा मात्र खण्डित हुन नसक्ने बताए ।

भट्टराईले भने- जुन जगमा प्रचण्ड प्रधानमन्त्री बन्नुभयो, त्यही जगमा एमालेको उम्मेदवार राष्ट्रपति बन्छ । त्यही जगमा प्रदेश सरकारहरू बनेका छन् । अन्यत्र सबै ठाउँमा हुने,राष्ट्रपतिमा नहुने के छ ? माओवादीले अर्को राजनीतिक समीकरण बनाउन खोजेको हो ? नत्र राष्ट्रपति पदमा मात्र पुस १० को सहमति खण्डित हुनुपर्ने छैन ।

भट्टराईले फागुन २५ मा एमालेबाट प्रस्तावित व्यक्ति नै राष्ट्रपति बन्ने दाबी गरे । उनले यस पटक चुनावमा एमालेलाई सिध्याउने ठूलो डिजाइन भए पनि जनताले एमालेलाई विजयी गराएको बताए ।

प्रतिक्रिया

One thought on “योगेशको दाबी- जुन सहमतिमा प्रचण्ड प्रधानमन्त्री बने, त्यसैको जगमा एमालेको राष्ट्रपति बन्छ (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर