अटो मोबाइल्स विलासिताको वस्तु होइनः अर्थमन्त्री पौडेल (भिडिओ) – Nepal Press

अटो मोबाइल्स विलासिताको वस्तु होइनः अर्थमन्त्री पौडेल (भिडिओ)

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभइ आवश्यकताको वस्तु भएको बताएका छन् ।
शुक्रबार नाडा अटो मोबाइल्स एशोसिएसन नेपालको ४६ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा गर्न नहुने बताएका हुन् ।

उनले राज्यले सडक पूर्वधारमा अर्बौं लगानीगरेको भन्दै त्यसमा गुड्ने साधनलाई सरकारले विलासिताको ट्याग लगाउन नमिल्ने बताए। उनले लामो समय देखि अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा नगर्न नाडा अटो मोबाइल्स एशोसिएशनले गर्दै आएको मागमा सरकार गम्भिर रहेको भन्दै आवश्यकता अनुसार परिवर्तन हुँदै जाने बताए।

अर्थमन्त्री पौडेलले एक समयमा मोबाइल फोनको प्रयोग विलासिताको वस्तुमानिने भएपनि अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेको भन्दै अटोमोबाइल्स पनि अपरिहार्य वस्तुको रुपमा समय अनुसार परिवर्तन हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘नाडा अटोमोबाइल्स एशोसिएशनले माग गर्दै आएको यातायात विलासिताको साधन होइन । आवश्यकताको वस्तुको रुपमा वर्गिकरण गर्नुपर्छ भन्ने चाहना छ । अटोमोबाइल्समा विलासिताका सवारी साधन पनि होलान् । तर अटोमोबाइल्स विलासिताको वस्तु होइन ।
राज्यले पूर्वाधार निर्माणमा ठूलो लगानी लगाउँछ । त्यसमा पनि सडक पूर्वाधारमा लगाउने गर्छ । त्यो सडक पूर्वाधारमा गुड्ने सवारी साधन सबैलाई विलासिताको वस्तु हो भनेर ट्याग लगाएर बस्न सक्दैनौंं । यो विषयमा सरकारको गम्भिर ध्यानाकर्षण भएको जानकारी दिन्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *