रेशम चौधरीको घरमा पुगे मुख्यमन्त्री शाह, भने- जेलमुक्त गर्न पहल गर्छु (भिडिओ) – Nepal Press

रेशम चौधरीको घरमा पुगे मुख्यमन्त्री शाह, भने- जेलमुक्त गर्न पहल गर्छु (भिडिओ)

कैलाली । डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्न आफूले पहल गर्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले प्रतिबद्धता जनाएका छन् ।

कैलालीको जानकी गाउँपालिका ६ स्थित जगतपुर पुगेर मुख्यमन्त्री शाहले रेशम चौधरीलाई रिहा गर्न पहल गर्ने बताएका हुन् । रेशमको घर पुगेर आमा सुल्फी देवी चौधरीलाई भेट्दै मुख्यमन्त्री शाहले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको उनको भनाई थियो। ‘टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुर्‍याएको छ । हामी त्यसलाई पुरानै स्थितिमा ल्याउने प्रयास गरिरहेका छौँ’ मुख्यमन्त्री शाहले भने ‘केन्द्र सरकारले रेशम चौधरीलाई छिटाे रिहा गर्नुपर्छ । म त्यसको लागि लागिपरेको छु ।’

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि राजीनामा दिएका थिए । रावलले राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

शाहले पनि ३० दिन भित्र विश्वासको मत लिनु पर्ने छ । उनले आज आफूले ३० दिन भित्र विश्वासको मत पाउने दाबी समेत गरेका छन् ।

प्रतिक्रिया

One thought on “रेशम चौधरीको घरमा पुगे मुख्यमन्त्री शाह, भने- जेलमुक्त गर्न पहल गर्छु (भिडिओ)

  1. यस्तै यस्तै बाचा प्रतिबद्धता गर्दै जानू ।अपराधीहरुलाइ रिहा गर्दै जानू ।नेपालको कानुनलाइ आफ्नो अनुकुल बनाउदै जानू ।शुभकामना छ दलालहरुलाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर