‘जनयुद्ध सप्ताह’ काे तेस्रो दिन ल क्याम्पसमा क्रान्तिकारीले गर्याे शहीद हेमन्तको सम्झना – Nepal Press

‘जनयुद्ध सप्ताह’ काे तेस्रो दिन ल क्याम्पसमा क्रान्तिकारीले गर्याे शहीद हेमन्तको सम्झना

काठमाडौं । अखिल (क्रान्तिकारी) नेपाल ल क्याम्पस कमिटिले जनयुद्ध सप्ताह कार्यक्रमको तेस्रो दिन शुक्रबार शहिद राजस्वराज रिमाल (हेमन्त) को सम्झनामा ‘आजको राजनीतिक परिदृश्य हिजो, आज र भोलिको विश्लेषण’ शीर्षकमा अन्तरक्रिया सम्पन्न गरेको छ ।

नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीको प्रमुख आतिथ्यतामा, अखिल (क्रान्तिकारी) विद्रोही समूहका नेताहरु उपदेश यादव, बालकुमार केसी, सागर केसी, विष्णु भट्टराई लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

नेपाल ल क्याम्पसका पूर्वअध्यक्ष अधिवक्ता चन्द्र गुरागाई, संगठनका विभिन्न क्याम्पसका अध्यक्षहरु, शहिद तथा बेपत्ता परिवारका सन्ततिहरुको उपस्थितिमा र जेबिन सर्वहाराको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।

नेपाल ल क्याम्पसकै विद्यार्थी राजश्वराज रिमाल (हेमन्त) २०४६ को जनआन्दोलनको घाइते थिए । जनमोर्चाको जिल्ला अध्यक्ष हुँदै २०५५ सालमा पूर्णकालिन माओवादीमा जोडिएका थिए । ओखलढुंगा जिल्ला सचिवालय सदस्य हुँदा २०५७ सालको मंसिर १ मा उनको निधन भएको थियो ।

प्रतिक्रिया

One thought on “‘जनयुद्ध सप्ताह’ काे तेस्रो दिन ल क्याम्पसमा क्रान्तिकारीले गर्याे शहीद हेमन्तको सम्झना

  1. के जनयुद्व सप्ताह भन्छौ ? तिमीहरू कोहि पनि जनयुद्वमा भाग लिएका होईनौ । अनि भाग लिएकाहरू अहिले त्यसको हण्डी खाँदैछन् र चाँडै नै जनयुद्व गल्ती रहेछ, अब पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, विचार सबै भारतले भने बमोजिम नै फेर्दैछन् तिमीहरूका मालिकले । यसो कार्यक्रम गर्ने भनेर उठाएको पैसा खाने मेलो हो तिमीहरूको । विद्यार्थी नेता भनेका टोले गुण्डाहरूको अर्को रूपमा परिणत भैसकेका छन् अहिले । धम्कायो, उठायो खायो । टोले गुण्डा बरू ईमान्दार हुन्छ । उसले जेभन्छ त्यहि गर्छ । तिमीहरू त त्यति पनि छैनौ । भन्ने विद्यार्थीका हक हित गर्ने धम्काएर पैसा उठाएर खाने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर