एमाले निकट प्रगतिशील रोजगार व्यवसायी मञ्चमा नयाँ नेतृत्व चयन – Nepal Press

एमाले निकट प्रगतिशील रोजगार व्यवसायी मञ्चमा नयाँ नेतृत्व चयन

काठमाडौं । नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको अध्यक्षमा जनक रावल चयन भएका छन् ।

केन्द्रीय कार्य समितिको शुक्रबार बसेको पूर्ण बैठकबाट रावल अध्यक्ष चयन भएका हुन् ।

यसअघिका अध्यक्ष राजेन्द्र भण्डारी वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा निर्वाचित भएकाले उनको ठाउँमा रावल आएका हुन् । कार्य समितिको महासचिवमा मिलन कट्टेल चयन भएका छन् ।

त्यस्तै उपमहासचिवमा राजेन्द्र अधिकारी र सचिवमा श्यामचन्द्र खड्का चयन भएको मञ्चले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *