राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्ने जनार्दन शर्माको दाबी, गठबन्धनबाटै सहमति हुने (भिडिओ) – Nepal Press

राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्ने जनार्दन शर्माको दाबी, गठबन्धनबाटै सहमति हुने (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्माले राजनीतिक व्यक्तिबाटै राष्ट्रपति निर्वाचित हुने बताएका छन् ।

संसद भवनमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वअर्थमन्त्री शर्माले गठबन्धनबाटै सहमति खोजिने र गैरराजनीतिक व्यक्ति राष्ट्रपति नहुने बताए ।

शर्माले भने, ‘हाम्रो बैठकमा राजनीतिक व्यक्तिभन्दा बाहिरबाट राष्ट्रपति बनाउने भन्ने कुनै छलफल भएको छैन । राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्छन् र गठबन्धनबाटै सहमति खोजिन्छ ।’

शर्माले अहिले गठबन्धनमा खटपट भएको कुरा बाहिरी हल्लामात्र भन्दै त्यस्तो केही नभएको दाबीसमेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर