सुदूरपश्चिममा नेकपा एसका शाहीलाई मन्त्री बनाइने, कांग्रेसबाट देउवाको सम्भावना – Nepal Press

सुदूरपश्चिममा नेकपा एसका शाहीलाई मन्त्री बनाइने, कांग्रेसबाट देउवाको सम्भावना

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीबाट नरेश शाही मन्त्री बन्ने भएका छन् । उनलाई आज मन्त्री बनाउने नेकपा एकीकृत समाजवादीले निर्णय गरेको हो ।

बाजुराबाट प्रत्यक्ष निर्वाचित शाहीलाई आजै मुख्यमन्त्री कमल शाहले मन्त्रीमा नियुक्त गर्ने छन् । उनको मन्त्रालय निश्चित नभए पनि नेकपा एकीकृत समाजवादीले आर्थिक मामिला तथा योजना मन्त्रालयमा दाबी गरेको छ ।

मुख्यमन्त्री शाहले नेकपा एसका शाही र कांग्रेसबाट थप एकजनालाई मन्त्रीमा नियुक्त गर्ने छन् । कांग्रेसबाट भने प्रकाश देउवा मन्त्री बन्ने सम्भावना रहेको स्रोतको दाबी छ । उनी कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

आज प्रदेश प्रमुख देवराज जोशीले साढे तीन बजे मुख्यमन्त्री शाहलाई शपथ गराउने छन् । त्यसलगत्तै दुई मन्त्री नियुक्त गर्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर