रोनाल्डोको चार गोलमा अल नसरको जित – Nepal Press

रोनाल्डोको चार गोलमा अल नसरको जित

काठमाडौं । साउदी प्रो लिग फुटबलमा अल नसरले सहज जित निकालेको छ । बिहीबार राति किंग अब्दुल अजिज स्टेडियममा भएको खेलमा नसरले अल वेह्दालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

अल नसरको जितमा पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो एक्लैले ४ गोल गरे । खेलको २१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ४० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको ५३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट तेस्राे गाेल गरे । त्यसपछि खेलको ६१ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत चौंथो गोल गर्दै नसरलाई सहज जित दिलाए । जितसँगै नसर शीर्ष स्थानमा उक्लिएको छ ।

योसँगै उनले आफ्नो करियरको ५०० औं लिग गोल पूरा गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर