अहिले सरकारमा जाने कुरा छैन, हाम्रो समर्थन जारी रहन्छ : खनाल – Nepal Press

अहिले सरकारमा जाने कुरा छैन, हाम्रो समर्थन जारी रहन्छ : खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरु अहिले सरकारमा नजाने बताएका छन् ।

निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले बिहीबार राखेको छलफलमा उपस्थित हुन सिंहदरबार आएका खनालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पार्टी सरकारमा जाने कुरा नभएको बताएका हुन् ।

उनले सरकारलाई आफूहरुले दिएको समर्थन भने जारी रहने बताए । सरकारले राम्रो काम गरुञ्जेल आफूहरुको समर्थन रहने उनको भनाइ छ ।

‘समर्थन हामीले गरेकै छौं । समर्थन हाम्रो जारी नै रहन्छ सरकारले राम्रो काम गरुन्जेल’, नेता खनालले भने, ‘तर अहिले सरकारमा जाने कुरा केही छैन ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीलाई सरकारमा आउन गरेको आग्रहबारेमा आफूलाई थाहा नभएकोसमेत उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर