नेप्से परिसूचक १२ अंकले वृद्धि, कस्तो रह्यो साताभरको कारोबार ? – Nepal Press

नेप्से परिसूचक १२ अंकले वृद्धि, कस्तो रह्यो साताभरको कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

बिहिबार नेप्से परिसूचक १२.४३ अंकले बढेर २१८२.६१ बिन्दुमा रोकिएको हो ।

आज बजारमा ५६ लाख ४८ हजार २१२ कित्ता सेयरको किनबेच हुदा बजारले २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँ बरारबरको कारोबार गरेको छ ।

अघिल्लो दिन बुधबार भने नेप्से ७.१६ अंकले घटेको थियो ।

कारोबारमा सबैभन्दा धेरै कमाउने बाराही हाइड्रोपावर, विजय लघुवित्त वित्तिय संस्था, जोशी हाइड्रोपावर डेभलपमेन्ट, न्यादी हाइड्रोपावर र इस्ट्रन हाइड्रोपावर कम्पनी रहेका छन ।

उपसमूहमा भने म्युचअल फन्ड सूमह बाहेकका बाकि १२ उपसमूहको सेयर मुल्य बढेको छ । बजार पूँजीकरण २६ खर्ब २३ अर्ब पुगेको छ ।

यस सातामा नेप्से वुधबार बाहेका बाँकी दिन बजारमा हरियाली नै रह्यो । साताको पहिलो दिन आइतबार बजारमा १.९६ अंकले वृद्धि, सोमबार ४.६२ अंकले र मंगलबार ७६.६४ अंकले वृद्धि भएको थियो । वुधबार भने बजार ७.१६ अंकले घटेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *