भोलि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, ब्याजदर के होला ? – Nepal Press

भोलि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, ब्याजदर के होला ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (शुक्रबार) दिउँसो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी गरेको छ । मौद्रिक नीतिको समीक्षा गर्नको लागि भोलि बिहान राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बोलाएको राष्ट्र बैंकले बताएको छ । सञ्चालक समितिको बैठकपछि  दिउँसाे अर्धवार्षिक समीक्षा सार्वजनिक गरिनेछ ।

बैंकहरुमा निक्षेप वृद्धि हुँदै गएपनि अहिले ऋणको माग भने कम छ । बजारमा तरलता बढेपनि ब्याज घट्न घटेको छैन । व्यवसायीले ब्याज लगायतका विषयको समीक्षालाई महत्वका साथ हेरेका छन् ।

उद्योगी र व्यवसायीले भने ब्याजदर घट्नु पर्ने र ऋणको पुनर्तालिकीकरणका लागि समय दिनुपर्ने भनिरहेका छन् । अर्थमन्त्रालय पनि व्यवसायीका मागको कुरामा सकारात्मक नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *