‘मेरी उनीलाई’ मुद्धती खाता, अझै उत्कृष्ट बन्दै – Nepal Press

‘मेरी उनीलाई’ मुद्धती खाता, अझै उत्कृष्ट बन्दै

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्धती खाता योजना ल्याएको छ । ‘मेरी उनीलाई’ मुद्धती खातालाई परिमार्जन गरी उक्त योजना संचालनमा ल्याइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार दुई लाख रुपैयाँ न्युनतम मौज्दातमा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्धती खातामा आकर्षक ब्याज प्राप्त हुनेछ । खाता ६ महिनादेखि २ वर्षसम्मका लागि खोल्न सकिनेछ ।

बचत गर्ने बानीलाई प्रोत्साहन गर्न यो योजनामा ५० हजार भन्दा माथिको रकम आवश्यकता अनुसार म्याद पुग्न ३ महिना अगाडिसम्म थप गर्दै जान सकिने व्यवस्था रहेको जनाइएको छ ।

खातासँगै बैंकले निक्षपकर्ताको ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँसम्मको गम्भीर रोग बीमा र १ लाख रुपैयाँसम्मको औषधी–उपचार बीमा उपलब्ध गराइदिनेछ समेत बैंकले बताएको छ ।

साथै योजनाअन्तर्गत खाता खोल्ने ग्राहकलाई निःशुल्क डेबिट कार्ड (पहिलो वर्ष), लकर शुल्कमा शतप्रतिशत छुट (पहिलो वर्ष) र निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा (पहिलो वर्ष) उपलब्ध गराइने, साथै बैंकले साविक बचतको ९० प्रतिशतसम्म ऋण सुविधा पनि उपलब्ध गराउने छ ।

त्यसैगरी योजनाअन्तर्गत निश्चित अवधिको मुद्धती खाता खोल्ने ग्राहकले घर कर्जाको सेवा शुल्कमा विशेष छुट समेत पाउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *