संघीय शिक्षा ऐन निर्माणमा रचनात्मक भूमिका खेल्ने छु : माधव सापकोटा – Nepal Press

संघीय शिक्षा ऐन निर्माणमा रचनात्मक भूमिका खेल्ने छु : माधव सापकोटा

सिन्धुपाल्चोक । क्षेत्र नं १ का संघीय सांसद माधव सापकोटा सुबोधले संघीय शिक्षा ऐन निर्माणमा रचनात्मक भूमिका खेल्ने बताएका छन् ।

वुधबार जिल्लाको बलेफी गाउँपालिकास्थित कुपकन्या माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै उनले ऐनको आवश्यकताबारे चर्चा गर्दै आफ्नो यसको निर्माणमा भूमिका खेल्ने बताएका हुन् । साधन श्रोतलाई केन्द्रित गरेर शिक्षा, स्वास्थ्य आयआर्जन र स्वरोजगारका क्षेत्रमा लगानी गरिने उनको भनाई थियो ।

सांसद सापकोटाले संकटमा रहेको अर्थतन्त्र सुधार र बिदेसीने जनशक्ति रोकथाम गर्नु पर्ने चुनौतीबारे समेत चर्चा गरे । उनले आफूलाई विश्वास गरेर भोट दिने र नदिने सबैको नागरिकको संरक्षण, भौतिक पुर्वाधार, शिक्षा स्वास्थ्य र उत्पादनका क्षेत्रमा निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सिन्धुपाल्चोक १ ख बाट बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले शिक्षा क्षेत्रमा गुणस्तर वृद्धिका लागि शिक्षकलाई थप तालिमको व्यवस्थामा हुनुपर्नेमा जोड दिए । उनले आत्मअनुशासन र व्यवस्थापनबारे ध्यान दिन आग्रह गरे ।

वागमती प्रदेश सभा सदस्य अमृता नेपाल प्रभाले शैक्षिक गुणस्तर वृद्धिका लागि सबैको योगदान हुनुपर्ने धारणा व्यक्त गरिन् । उनले व्यवहारिक शिक्षामाका केन्द्रित हुन आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर