नेप्सेको कारोबार खुम्चियो : यी हुन् धेरै कमाउने र गुमाउने कम्पनी
काठमाडौं । आइतबार सामान्य अंकले बढेको सेयर बजारको कारोबार भने खुम्चिएको छ ।
आज नेप्से १.५४ अंकले बढेर २ हजार ९६.०८ विन्दुमा बन्द भएको छ ।
५२ लाख ६ हजार ३ सय ७० कित्ता सेयरको किनबेच हुँदा १ अर्ब ९३ करोड १७ लाख १९ हजार १ सय ३ रूपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन (बिहिबार) २ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो ।
आजको कारोबारमा आदर्श लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स, सिद्धार्थ इक्यिुटी फन्ड र जानकी फाइनान्स कम्पनीले सबैभन्दा धेरै कमाएका छन् । धेरै गुमाउने कम्पनीको सूचीमा इस्टर्न हाइड्रोपावर, प्रभु बैंक डेबेन्चर २०८६ र प्राइम लाइफ इन्सयोरेन्स रहेका छन् ।
कारोबारका आधारमा आज सबैभन्दा धेरै नेपाल लाइफ इन्सयोरेन्स कम्पनी ६ करोड ४४ लाख २४ हजार ६ सय ८२ रूपैयाँसहित अगाडि छ । आइतबार बजार पूँजीकरण ३० खर्ब २४ अर्बभन्दा बढी पुगेको छ ।