माधव नेपालको प्रतिवेदन- हाम्रो तागतले एमालेलाई २० सीटमा हराउन सफल भयौं (सूचीसहित)
काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभा निर्वाचनमा १६५ क्षेत्रमध्ये नेकपा एमालेलाई २० सीटमा हराउन आफू सफल भएको निष्कर्ष निकालेको छ । केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेकपा एसले समानुपातिकतर्फ पाएको मत केलाउँदै एमाले हराउन २० सीटमा आफूहरु निर्णायक बनेको उल्लेख गरेका छन् ।
नेपालको प्रतिवेदन अनुसार नेकपा एसका कारण एमालेले तेह्रथुम, भोजपुर, खोटाङ, मोरङ १, सुनसरी ४, उदयपुर १, रौतहट १, रौतहट ४, धादिङ १, काठमाडौं १०, भक्तपुर २, दोलखा, पुर्वी नवलपरासी २, दाङ २, मुगु,दैलेख १, दैलेख २, बझाङ, कैलाली ४ र कैलाली ५ मा नेकपा एमालेलाई हराउन नेकपा एसले पाएको मात काफी बनेको छ ।
तीमध्ये रौतहट १, दैलेख १ र बझाङमा नेकपा एसका उम्मेदवार विजयी भएका थिए । नेकपा एसले पाएको समानुपातिक मतमात्र एमालेमा गएको भए ती सीटमा एमालेका उम्मेदवार सहजै विजयी हुने थिए । यस हिसाबले एमालेको २० सीट खोस्न नेकपा एस सफल भएको नेपालको निष्कर्ष छ । यदि एमाले विभाजित नभएको थियो भने एकल वहुमत नजिक पुग्ने आँकलन छ ।
माधव नेपालको प्रतिवेदनमा एमालेले जितेका २० सीटमा भने उसले सोही क्षेत्रमा पाएको समानुपातिकभन्दा धेरै मत पाएर प्रत्यक्ष सीट जितेको निष्कर्ष निकालिएको छ । त्यसमा ताप्लेजुङ, पाँचथर, इलाम १, इलाम २, सुनसरी ३, सोलुखुम्बु, मकवानपुर २, काठमाडौं ९, काभ्रे २, कास्की १, लम्जुङ, पर्वत, गुल्मी २, पाल्पा २, अर्घाखाँची, रुपन्देही ५, कपिलवस्तु ३, प्युठान, बैतडी र कञ्चनपुर १ रहेका छन् ।
एमालेले कुनै पनि दलसँग तालमेल नगरी एक्लै लडेको भए १३ सीटमात्र जित्ने दाबी नेकपा एसको छ । समानुपातिक तर्फ ती क्षेत्रमा पाएको मतका आधारमा झापा २,४ र ५का साथै धनकुटा, उदयपुर २, धनुषा ३, ललितपुर २, कास्की २, कास्की ३, पाल्पा १ र कपिलवस्तु १ मा एमालेले जित्ने दाबी नेकपा एसको छ ।
Bhane pachhi Dheuba Baje ta Sabai Vanda Kattar Dushman ta Yemale lai po Dekhchhan ta..
तागत चाँही खुट्टा तान्नेमा नपितो रहेछ, जसले अरुको धेरै खुट्टा तान्न सक्यो उही बलियो, जुन नेपालीको वंशाणुगत् परिचय हो ।
वाईयात् ! यस्ता कुरा गरेर कार्यकर्ताको मन बुझाउन खोजेको होला, कहाँ छन् तिनका कार्यकर्ता ? हेराैं चुनाव पछि दिउँसै टर्च बालेर खोज्नु पर्ला भएका कहाँ गए ? जाबो ३ प्रतिशत मत ल्याउन कहाँ कहाँ चोचोमोचो गर्न पुग्याथ्ये नाप्यो, बोनसमा पाएको १० सिट घरको नि घाटका भएका छन्, पार्टी गाभि दिनु पर्यो भनी कार्यकर्ताहरूलाई माग राख्न पठाउने नेताको नाक कहाँ बस्या छन् हेर्न पो जान पर्छकि क्या हो, डम्फू बजाएर, जयहोस् ।
भारतले जति बढी एमालेलाई हरायौ त्यति तिमीहरू मेरो बफादार नोकर हुन्छौ भनेको थियो । २० ठाउँमा हराउन सफल भएकोले बफादार नोकरको दर्जा दिएछ । त्यो त तिनको लागि उपलव्धी हुने नै भयो नि ।