सत्ता गठबन्धनभित्र खटपट सुरु भइसक्यो, प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म थेग्न गाह्रो छ : नेपाल (भिडिओ) – Nepal Press

सत्ता गठबन्धनभित्र खटपट सुरु भइसक्यो, प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म थेग्न गाह्रो छ : नेपाल (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र खटपट सुरु भइसकेको दाबी गरेका छन् ।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको जिकिर समेत गरे ।

उनले भने, ‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्यो भन्दा पहिले नै हामीले देखिरहेका छौँ- खटपट सुरु भइसकेको छ । यो तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहने हो ? यसै भन्न सकिने अवस्था छैन । हाम्रो ध्यान अरू कुरामा होइन । देश सही दिशामा अघि बढ्छ कि बढ्दैन भन्नेमा छ ।’

ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिवारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौँ बैठक उद्घाटन गर्दै उनले वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहने हो ? भनी प्रश्न समेत गरे ।

संसद्को रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरू, राजतन्त्रको वकालत गर्नेहरू, संविधान, कानुन र नियमको पालना नगर्नेहरू सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको तर्क गरे ।

उनले भने, ‘संसद्को रोष्टममा उभिएर संविधानको विरोध गरिएको छ । राजतन्त्रको वकालत गरिएको छ । नेपाललाई हिन्दु राष्ट्रमा परिणत गर्ने कुरा गरिएको छ । संविधानको उलङ्घन गर्ने मान्छेहरू सरकारको जिम्मेवारीमा बसिरहेका छन् भने त्यसले संकटको सन्देश दिन्छ ।’

अध्यक्ष नेपालले निराश नभई पार्टीलाई देशव्यापी बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

प्रतिक्रिया

One thought on “सत्ता गठबन्धनभित्र खटपट सुरु भइसक्यो, प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म थेग्न गाह्रो छ : नेपाल (भिडिओ)

  1. देउवा र प्रचण्डलाई भिडाएर प्रधानमन्त्री खाउला भनेर सोचेका भारतीय दलालहरूको रूवावासी छ अहिले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर