रविको सांसद पद खारेज भएको सदनलाई जानकारी – Nepal Press

रविको सांसद पद खारेज भएको सदनलाई जानकारी

काठमाडौं । प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको जानकारी गराएका छन् ।

वुधबार बसेको बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त पत्रअनुसारको चितवन २ बाट निर्वाचित लामिछानेको पद रिक्त भएको बताए ।

उनले संसदलाई जानकारी गराउँदै भने, ‘प्रतिनिधिसभा सदस्य भएका रवि लामिछानेले अमेरिकी नागरिकता विधिवत् त्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता प्राप्त गर्न प्रक्रिया पूरा नगरिएको हुँदा निजले प्रतिनिधि सभाको सदस्य रहन देखिन उपयुक्त नदेखिएकोले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार हुन उपयुक्त नदेखिएकोले उम्मेदवार भई निर्वाचित भएको देखिएकोले निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने काम नेपालको संविधानको धारा ३३ को उपधारा २, ३ र धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुन्छ भन्ने निर्णय गरेकोले नेपालको संविधानको धारा ८९ को खण्ड ख बमोजिम प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको कुरा प्रतिनिधिसभा नियमावली २०७५ नियम २१२ को उपनियम १ बमोजिम माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर