कानून आयोगका पूर्वअध्यक्षको प्रस्ताव- सांसद उम्मेदवार बन्ने उमेर २५ बाट २० मा झारौं
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार बन्नका लागि २५ वर्ष उमेर पुग्नुपर्ने वर्तमान कानूनी प्रावधान हटाउन सुझाव आएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार समितिको बुधबारको बैठकमा विज्ञका रूपमा बोलाइएका पूर्वमन्त्री तथा कानून आयोगका पूर्वअध्यक्ष माधव पौडेलले २० वर्षमा उम्मेदवार बन्न मिल्नेगरी व्यवस्था हुनुपर्ने बताए ।
पूर्व सन्चार मन्त्री तथा कानून मन्त्रालयको नेतृत्वसमेत गरिसकेका पौडेलले २५ वर्षे उमेरको कुरा धेरै पूरानो भइसकेको भन्दै स्थानीय तहको उम्मेदवार बन्न २१ वर्ष राखिएकाले सोही उमेर सांसदको लागि पनि काफी हुने बताए ।
बेलायतमा बेबी सांसदको अवधारणा समेत आइसकेको उदाहरण दिदै पूर्वमन्त्री पौडेलले मेयर बन्न २१ वर्ष भए पुग्ने तर सांसद बन्न २५ वर्ष चाहिने भन्ने कुराको कतै पनि पुष्टि नहुने बताए ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासमेत सहभागी छलफलमा पूर्वमन्त्री पौडेलले तीनै तहको निर्वाचनको मिति कानूनमै तोकिनुपर्ने बताए । उनले विद्युतीय मेसिनबाट मतदानको व्यवस्था गर्न ढिला भएको समेत बताए ।
पूर्वकानून सचिव पौडेल खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा सन्चार,शिक्षा र सामान्य प्रशासन मन्त्री भएका थिए । त्यसपछि उनी नेपाल कानून आयोगको अध्यक्ष भएका थिए ।
भर्खर युवा भएकाहूले देश हाँक्दा साँच्चै देशले गति लिन्थ्यो कि ? तर म मेरो छात्र काल पनि सम्झिन्छु ।