बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता
नेपाल प्रेस
२०७९ माघ १८ गते १०:४५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सत्ता गठबन्धन दलबीच खटपट सुरु भएको चर्चाकाबीच प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हाे ।
त्यसअघि राप्रपा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए ।
सर्वोच्च अदालतको आदेशपछि रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएसँगै अहिले गठबन्धनमा खटपट देखिएको छ ।
प्रचण्डले गृहमा रविलाई गृहमा भित्र्याउन नसकिने बताएपछि समस्या बढेको हो ।
लामिछानेले हिजो मात्रै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया