विदेशी मुद्राको विनिमय दर आज यस्तो छ
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुको विनिमयदर सार्वजनिक गरेको छ । आज सोमबार अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७४ पैसामा स्थिर रहेको छ । एक युरोको खरिद दर १४१ रुपैयाँ ४५ पैसा र बिक्री दर १४२ रुपैयाँ १० पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी सोमबार युके एक पाउन्डको खरिद दर १६१ रुपैयाँ ३६ पैसा र बिक्री दर बढेर १६२ रुपैयाँ १० पैसा कायम रहेको छ । एक स्वीस फ्रान्सको खरिद दर १४१ रुपैयाँ ३६ पैसा र बिक्री दर घटेर १४१ रुपैयाँ ९९ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलरको खरिद दर ९२ रुपैयाँ ४५ पैसा र बिक्री दर ९२ रुपैयाँ ८८ पैसा, क्यानडीयन डलरको खरिद दर बढेर ९७ रुपैयाँ ७७ पैसा र बिक्री दर ९८ रुपैयाँ २२ रहेको बैंकले जनाएको छ ।
साउदी अरेवियन रियालको खरिद दर ३४ रुपैयाँ ६७ पैसा र बिक्री दर ३४ रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ६९ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ ६६ पैसा र बिक्री दर ३० रुपैयाँ ८० पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।