सोसिडाडसँगको बराबरीसँगै मड्रिड उपाधि यात्रामा बार्सिलोना भन्दा पाँच अंक पछि – Nepal Press

सोसिडाडसँगको बराबरीसँगै मड्रिड उपाधि यात्रामा बार्सिलोना भन्दा पाँच अंक पछि

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियाल मड्रिडले रियाल सोसिडाडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

आइतबार राती रियालको घरेलु मैदान सान्तियागो बेर्नाब्यूमा सम्पन्न खेलमा अंक बाँडेसँगै उपाधि यात्रामा पनि धक्का परेको छ ।

बराबरीसँगै डिफेन्डिङ च्याम्पियन मड्रिड शीर्ष स्थानको बार्सिलोना भन्दा पाँच अंक पछि पर्दै दोस्रो स्थानमा छ ।

शीर्ष स्थानको बार्सिलोनाले १८ खेलमा १५ जित एक हार र दुई बराबरीको नतिजासहित ४७ अंक जोड्दा, रियाल समान खेलमा १३ जित दुई हार र तीन बराबरीको नतिजासहित ४२ अंक जोडेर दोस्रो स्थानमा छ ।

सोसिडाड १९ खेलमा १२ जित २ हार र तीन बराबरीको नतिजासहित ३९ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर