धमलापत्नी एलिजा भाेलि नागरिक उन्मुक्तिमा प्रवेश गर्ने, मन्त्री बनाउनेसम्मकाे तयारी – Nepal Press

धमलापत्नी एलिजा भाेलि नागरिक उन्मुक्तिमा प्रवेश गर्ने, मन्त्री बनाउनेसम्मकाे तयारी

रुपन्देही । कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्न लागेकी छन् । उनी रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाकी श्रीमती हुन् । शनिवार रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा उनलाई पार्टी प्रवेश गराउन सो पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी र गौतम रुपन्देही आइसकेका छन् ।

यो विषयलाई शुक्रवारसम्म गोप्य राख्न खोजिए पनि सो पार्टी निकट एक नेताले यसको पुष्टि गरेका छन् । गौतमलाई पार्टी प्रवेश गराएर महत्त्वपूर्ण जिम्मेवारी दिन लागिएको आंकलन गरिएको छ ।

एलिजा गौतम निकट एकजनाले उनलाई तत्काल पार्टी प्रवेश गराएर उन्मुक्ति सरकारमा गए मन्त्री बनाउनेसम्मको आन्तरिक समझदारी बनेको छ । उन्मुक्तिले पाएको कोटामा एलिजा मन्त्री बन्ने सम्भावना छ, सांसद नभएपनि ६ महिना मन्त्री बन्ने कानुनी व्यवस्था छ, सायद यही आधारमै उहाँ प्रवेश गर्न लागेको मैले बुझेको छु’ उनले भने ।

त्यसैगरी एलिलासहित लुम्बिनीबाट राष्ट्रिय सभाको माघ २५ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनेका राजेन्द्रवीर राय पनि उन्मुक्तिमा प्रवेश गर्दै छन् । उनी बैंकर तथा व्यवसायी हुन् । माघ ११ गते सत्तारुढ दलको सहमति विपरीत उन्मुक्तिले उनको उम्मेदवारी दर्ता गराएको छ ।

उम्मेदवारी दर्ता गराउन दाङको निर्वाचन कार्यालय पुगेकी उन्मुक्ति अध्यक्ष रन्जिता श्रेष्ठले दलको तर्फबाट दिएको उम्मेदवारी फिर्ता नहुने दाबी गरेकी छन् ।

नागरिक उन्मुक्तिले पार्टीको उपाध्यक्ष नै बनाउने गरी एलिजालाई प्रवेश गराउन लागेको सो पार्टी निकट स्रोतले नेपाल प्रेसलाई बताएको छ । गौतम र रायसहित अन्य व्यक्तिहरू पनि नागरिक उन्मुक्तिमा प्रवेश गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर