नेपाल कराँते महासंघको तदर्थ समिति अध्यक्षमा युवराज लामा (भिडिओ) – Nepal Press

नेपाल कराँते महासंघको तदर्थ समिति अध्यक्षमा युवराज लामा (भिडिओ)

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पूर्वसदस्य सचिव युवराज लामाको अध्यक्षतामा नेपाल कराँते महासंघको तदर्थ समिति गठन गरेको छ ।

राखेपले बिहीबार लामाको अध्यक्षतामा २१ सदस्यीय कराँते महासंघको तदर्थ समिति गठन गरेको हो ।

तदर्थ समितिको सह-अध्यक्षमा दावा गुरुङ, उपाध्यक्षमा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिशरण केसी, सहमहासचिवमा ओमकृष्ण प्रसाईं, सचिवमा श्याम शेर्पा, बलराम मित्र र कोषाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका छन् ।

राखेपले गठन गरेको तदर्थ समितिलाई बैशाख १२ गतेभित्र विधान मस्यौदा तयार गरेर राखेपको स्वीकृतिमा साधारणसभा र निर्वाचन गर्न निर्देश गरिएको छ । कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले कराँतेको नेपालको इतिहासलाई कायम राख्न नयाँ समितिले काम गर्नुपर्ने बताए ।

राष्ट्रिय खेलकुद विकास ऐनअनुसार राष्ट्रिय खेल संघलाई निर्वाचनमा लैजाने तयारीअनुसार राखेपले लामाको नेतृत्वमा कराँते महासंघको तदर्थ समिति गठन गरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर