बाबर लगातार दोस्रो पटक बने आईसीसीको ओडीआई वर्ष खेलाडी – Nepal Press

बाबर लगातार दोस्रो पटक बने आईसीसीको ओडीआई वर्ष खेलाडी

काठमाडौं । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम आईसीसीको ओडीआईतर्फ २०२२को वर्ष खेलाडी घोषित भएका छन् । उनी अघिल्लो वर्षपनि ओडीआई वर्ष खेलाडी घाोषित भएका थिए ।

यसअघि बाबरकै कप्तानीमा आईसीसीले ओडीआई टिम आफ दी इयर सार्वजानिक गरेको थियो । बाबरको २०२१ सिजन जत्ति स्मरणीय थियो त्यत्तिनै २०२२ पनि, पछिल्लो समय टी–२० क्रिकेटमा उल्लेख्य प्रदर्शन गर्न नसकेपनि उनी एकदिवसिय वरियतामा लामो समयदेखि शिर्ष स्थानमा रहेका छन् ।

बाबरले २०२२मा ९ वटा मात्रै एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेपनि ८४.८७ को औसत र तीन सतकसहित ६ सय ७९ जोड्दै स्मरणिय बनाएका थिए ।

यस्तै, भारतका सूर्यकुमार यादवले आईसीसी टी–२० वर्ष खेलाडीको अवार्ड जितेका छन् । सूर्यकुमारले ३१ खेलमा १८७.४३ को स्ट्राइक रेट र ४६.५६ को औसतमा ११ सय ६४ रन जोडेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *