नाफा कमाएको बैंकका शेयरधनीले कति गरे आम्दानी ? (सूचीसहित) – Nepal Press

नाफा कमाएको बैंकका शेयरधनीले कति गरे आम्दानी ? (सूचीसहित)

काठमाडौं । सबै वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमास (असोजदेखि पुससम्म) को वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । अधिकांशले नाफा कमाएको विवरण सार्वजनिक गरेको छ ।

करिब आधा दर्जन वाणिज्य बैंकको मात्रै नाफा प्रभावित भएको देखिन्छ । त्यसो त बैंकहरु जस्तोसुकै परिस्थितिमा पनि नाफामात्र कमाइरहन्छन् भन्ने आलोचना हुँदै आएको छ ।

कोरोना माहामारीले सबै क्षेत्र प्रभावित बन्दा बैंकिङ क्षेत्रको नाफा त्यसरी प्रभावित भएन । नाफामात्र कमाउन जानेका बैंकहरुले शेयरधनीलाई चाहिँ कति दिने गरेका छन् भन्ने चासो पनि छ ।

अहिलेको अवस्था हेर्दा एनआइसी एसिया बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा बढी देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३४ पैसाले बढेर ५६ रुपैयाँ ७७ पैसा पुगेको छ । यसको अर्थ शेयरधनीले एनआईसी एसियाको एक कित्ता शेयर बराबर ५६ रुपैयाँ ७७ पैसा आम्दानी गरेका छन् । अहिले एनआईसी एसियाको दोस्रो बजारमा शेयर मूल्य ८ सयभन्दा माथि छ ।

दोस्रो बढी प्रतिशेयर आम्दानी स्टान्डर्ड चार्टड बैंकको देखिएको छ । उसको एक कित्ता शेयर बराबर ३७ रुपैयाँ १९ पैसा रहेको छ । गत वर्षको यसै अवधिको तुलनामा यो आम्दानी १३ रुपैयाँ ६९ पैसाले बढी हो । यसको दोस्रो बजारमा ५ सय रुपैयाँ प्रतिकित्ताभन्दा माथि शेयर मूल्य रहेको छ ।

एसबीआई, सिद्धार्थ र एभरेष्ट बैंकलगायतको प्रतिशेयर आम्दानी पनि बढेको छ ।

तीनवटै सरकारी बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । ५२ प्रतिशतभन्दा बढी नाफा कमाएको राष्ट्रिय वाणिज्य बैंकको प्रतिशेयर आम्दानी घटेको हो । नाफा प्रभावित भएको नेपाल बैंक र कृषि विकास बैंकको समेत प्रतिशेयर आम्दानी घटेको छ ।

करपछिको नाफालाई कुल शेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिशेयर आम्दानी भनिन्छ । यसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । यद्यपि, प्रतिशेयर आम्दानीले दोस्रो बजारको शेयरमा भने प्रभावित गरेको देखिँदैन ।

शेयरविज्ञ डा. केशव श्रेष्ठले नाफा बढ्नेबित्तिकै बैंकहरुको प्रतिशेयर आम्दानी स्वाभाविक बढ्ने बताउँछन् । उनका अनुसार प्रतिशेयर आम्दानी भनेको सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफलको आधार पनि हो ।

प्रतिशेयर आम्दानी रुपैयाँ

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *