नेप्से परिसूचक १० अंकले बढ्यो – Nepal Press

नेप्से परिसूचक १० अंकले बढ्यो

काठमाडौं । वुधबार नेप्से परिसूचक १०.३७ अंकले बढे २ हजार १८३.६२ बिन्दुमा पुगेको छ । आज ९५ लाख ३२ हजार ८६७ कित्ता सेयरको किनबेच हुँदा ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा ग्रिन लाइफ हाइड्रो पावर र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यी दुईको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यस्तै, ३ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढी र २ कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । बजार पूँजीकरण ३१ खर्ब ५१ अर्ब रुपैयाँका पुगेको छ । बैकिङ, फाइनान्स र अन्य समुहबाहेक सबै समुह बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *