प्रेमप्रसादका परिवारलाई गृहमन्त्रीले भने- उहाँले उठाउनुभएका विषयहरुमा छानबिन गर्नेछौं (भिडिओ) – Nepal Press

प्रेमप्रसादका परिवारलाई गृहमन्त्रीले भने- उहाँले उठाउनुभएका विषयहरुमा छानबिन गर्नेछौं (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हिजो आत्मदाह गरेको प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेर सहानुभूति दिएका छन् । उनले आज कीर्तिपुर अस्पताल पुगेर आचार्यकी श्रीमती नानुकालाई भेटेका थिए ।

भेटमा गृहमन्त्रीले घटनालाई लिएर दुःख व्यक्त गरे । उनले आफूहरु पनि यस्तै कुराहरुबाट वाक्क भएर राजनीतिमा आएको बताए ।

भिडिओ:

‘मैले भर्खरै मात्र सुरुवात गरेको छु । सुरुमै आशा जगाउन सकिनँ, त्यसका लागि मलाई क्षमा गर्नुहोला । तर, निर्धक्क हुनुस्, उहाँले उठाउनुभएका, हामीले छानबिन गर्नुपर्ने विषयमा हामी छानबिन गर्नेछौं,’ उनले भने ।

गृहमन्त्री लामिछानेले आफू जे चलिरहेको छ, त्यसैको हिस्सा बन्न आफू नआएको पनि बताए । आफूले केही गरेर देखाउने उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर