नेकपा एसनिकट अनेरास्ववियूले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा – Nepal Press

नेकपा एसनिकट अनेरास्ववियूले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा

काठमाडौं । नेकपा एकीकृत समाजवादी निटक विद्यार्थी संगठन अनेरास्ववियूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् । अनेरास्ववियूले केन्द्रीय कमिटी पदाधिकारीको बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै गृहमन्त्री लामिछानेको राजीनमा मागेको हो ।

अनेरास्ववियूले मंगलबार संसद भवनको अगाडि एक युवकले आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्ने परिस्थिति बन्दै गर्दा समेत राज्यले कान नसुनेको रआँखा नदेखेर मस्तले सुतेको आरोप लगाएको छ ।

गृह प्रशासनको आँखै अगाडि एउटा सुन्दर सपना बोकेको युवा जलिरहँदा सुरक्षा निकाय, गृह मन्त्रालय मौन बसेको भन्दै गृहमन्त्रीको राजीनामा मागिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,‘गृह प्रशासनको आखै अगाडी एउटा सुन्दर सपना वोकेको युवा जलिरहन्छ तर सुरक्षा निकाय, गृह मन्त्रालय न त त्यो युवाको सुन्दर सपनालाई साकार बनाउन सक्छ न त भौतिक शरिरको रक्षा १यस्ता हावादारी, उडन्ते र कस्मेटिक गृहमन्त्रीवाट नागरिकको जीउ धनको सुरक्षाको ग्यारेण्टी हुने आधार के? राज्य गैरजिम्मेवार बनेका कारण होनहार युवाहरु अकालमै ज्यान गुमाइरहेका छन् । जताततै निरासा, अभाव र पीडा व्याप्त छ । अहिले सरकारका मन्त्रीहरु बहुरुपी र बहुरङ्गी देखिन्छन् । कोही मन्त्रीहरु संघीयता खारेजीको वकालत गर्दछन् । कोही मन्त्रीहरु काम र परिणाम भन्दा पनि मिडिया स्ट्रन्टमा केन्द्रित देखिन्छन् । हत्या अभियोग लागेका अपराधीहरु संसदीय अभ्यासमा सहभागी भईरहन्छन तर आफ्नै नागरिकता सम्वन्धि प्रश्न उठेका गृहमन्त्री वालहटको चिच्चाहट गरिरहन्छन् । उनलाई शान्ति सुरक्षाप्रति जवावदेही वन्नु छैन । राज्यलाई जनउत्तरदायी बनाउनु छैन । मात्रै वक्तव्यवाजी र कुर्सी चाहिएको छ । नालायक ढंगले गृहमन्त्रीको कुर्सीमा वस्न अहिलेका गृहमन्त्री कत्ति पनि लायक छैनन् ।’

साथै मध्यपश्चिम विश्वविद्यालयले चैत्र ३ गते गरेको स्ववियू निर्वाचन घोषणाको स्वागत गर्दै अन्य विश्वविद्यालयका पदाधिकारीलाई तत्काल स्ववियू निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर