संवैधानिक इजलासमा बहस- रविले आफूलाई कानूनभन्दा माथि ठाने, नेपाली मूलका विदेशी नागरिक हुन् – Nepal Press

संवैधानिक इजलासमा बहस- रविले आफूलाई कानूनभन्दा माथि ठाने, नेपाली मूलका विदेशी नागरिक हुन्

काठमाडौं । सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ जारी छ ।

सर्वोच्चको संवैधानिक इजालसमा जारी सुनुवाइमा निवेदकको तर्फबाट सुरेन्द्र भण्डारीले रवि लामिछाने अहिले नेपाली मूलका विदेशी नागरिक भएको दाबी गरेका छन् ।

उनले बहस गर्दै रविले आफूलाई कानूनभन्दा ठूलो ठानेको जिकिर गरे ।

बहस गर्दै उनले भने, ‘अमेरिकी नागरिकता त्यागिसकेको निवेदन दिनुपर्नेमा कुनै पनि प्रक्रिया पालना नगरेको, आफूलाई कानूनभन्दा माथि ठानेको छ । अमेरिकी दूतावासमा पनि नागरिकता त्यागको लागि निवेदन दिएको भनेर अध्यागनलाई जानकारी गराएको अवस्था छ । त्यही भएर उनी नेपाली मूलका विदेशी नागरिक हुन् ।’

अधिवक्ता भण्डारीले विदेशी नागरिकता त्यागेको भने पनि प्रमाण पेश गर्न नसकेको दाबी गरे ।

उनले भने, ‘नागरिकता पुनः प्राप्त गर्न विदेशी नागरिकता त्यागिसकेको प्रमाण तोकिएको अधिकारीलाई निवेदनमार्फत दिनुपर्छ । निवेदन दर्ता भइसकेपछि पुरानै नागरिकताको विवरण राखिने व्यवस्था छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर