प्रधानमन्त्रीलाई वेदुरामको आग्रह- जनताको नजिक सरकार पुगेको देखाउन पहल गर्नुपर्‍यो – Nepal Press

प्रधानमन्त्रीलाई वेदुरामको आग्रह- जनताको नजिक सरकार पुगेको देखाउन पहल गर्नुपर्‍यो

काठमाडौं । राष्ट्रियसभा सदस्य वेदुराम भुसालले संघीयताको आवश्यकता छैन भन्दै भइरहेका प्रचारहरुलाई असत्य सावित गर्न प्रधानमन्त्रीले भूमिका खेल्नुपर्ने बताएका छन् ।

मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रदेशसभाले काम गर्न नसकेका कारण संघीयताको आवश्यकता छैन भन्ने प्रचार भइरहेकाले त्यस्ता प्रचारहरुलाई असत्य सावित गर्न प्रधानमन्त्रीको पहल आवश्यक रहेको बताए ।

‘संघीयताको माध्यमबाट जनताको नजिक सरकारलाई पुर्याउने काम गरेका थियौँ, त्यसलाई पूर्णता दिनका लागि साँचो जनताको नजिक सरकार पुगेको छ भन्ने देखाउनका निम्ति प्रधानमन्त्रीले पहल गर्नुहुनेछ भन्ने अनुरोध गर्दछु’, उनले भने ।

मंगलबारको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर